Photo Feature

कुलमानका समर्थकहरु सडकमा(तस्विरहरु)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति उनका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय भएपछि आज (मंगलबार) विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्रै ४ महिना कार्यकाल बाँकी हुँदा कुलमान घिसिङलाई हटाउने निर्णय गरेको हो ।