International

२४ घण्टामा ७० जनाको ज्यान गयो

काठमाडौं । इजरायली हवाई आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा करिब ७० जना व्यक्तिको ज्यान गएको जनाइएको छ । उत्तरी गाजामा आक्रमण जारी रहँदा तीन महिनापछि पुनः सुरु भएको युद्धविराम वार्ताले कुनै ठोस परिणाम देखाएको छैन । गाजामा विशेषगरी जबालिया, बेइत लहिया र बेइत हनुनमा केन्द्रित इजरायली सैन्य आक्रमणले चौथो हप्तामा प्रवेश गरेको छ ।