Interview

कसैलाई राजा चाहिएको हो भने ‘राजा चाइयो’ भन्ने पार्टी खोलेर चुनावमा आउनुहोला : झलनाथ खनाल

युवराज गौतम / नेपाल न्यूज बैंक

गणतन्त्र मास्नुपर्छ, राजतन्त्र ल्याउनुपर्छ, हिन्दुराष्ट्र बनाउनुपर्छ भनेर राजावादीहरु भनिरहेका छन् । यीनिहरु सबै संविधान विरोधी कुराहरु हुन् । गणतन्त्र विरोधी कुराहरु हुन् । स्वभाविक कुरा होइनन् । उनीहरुको सुरुदेखिको गतिविधि हेरिरहेको छु, त्यो दिन अर्थात चैत्र १५ गतेको वामपन्थी र राजावादीहरुको दुवै प्रदर्शनका गतिविधिहरु सुरुदेखि नै ठूलो भिन्नता देखिन्छ । राजावादीहरु सुरु देखि नै हिंस्रक देखिएका छन् ।