Photo Feature

जुम्ली किसानलाई मार्सी धान भित्र्याउने चटारो (फाेटाे फिचर)

जुम्ला । यति बेला जुम्लाका किसानलाई जुम्ली कालीमार्सी धान भित्र्याउन चटारो चलिरहेको छ । जुम्लाका ८ वटै स्थानीय तहमा रहेका खेतका फाँटमा कालीमार्सी जातको धान उत्पादन हुन्छ । नेपालीहरुको सबैभन्दा ठूलो पर्व बडादशैं सकिए लगत्तै जुम्लाका कृषकहरु बिहान ६ बजेदेखी बेलुका कालिमार्सि धान भित्र्याउन व्यस्त रहेका छन् ।