Photo Feature

काभ्रेको सुनथानमा ढकमक्क सयपत्री र मखमली (फोटो फिचर)

काभ्रेको सुनथान गाउँ व्यावसायिक रूपमा लगाइएका सयपत्री र मखमली फूल ढकमक्क भएको छ । काठमाडौं आसपासका किसानहरूले तिहारलाई लक्षित गरी सयपत्री र मखमली लगाएका थिए । फूल फुलेसँगै किसानहरूले बजारसम्म ल्याउन थालेका छन् । सयपत्री फूल माला तथा थुंगाको रूपमा बिक्री हुन्छ भने मखमली माला बनाएर बिक्री गर्ने गरिन्छ । तिहारमा दिदिबहिनिहरुले दाजुभाईको दिर्घायुको कामना गर्दै गालामा सयपत्री, मखमली र गोदावरी फुलको माला लगाईदिने गर्दछन् । तिहारको समयमा उपत्यकालगायत देशभर सयपत्री, गोदावरी र मखमली फूलको खपत बढ्छ ।