Photo Feature

उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा (तस्बिरहरुमा)

तस्बिरहरु : नेपाल न्यूज बैंक 

आज ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदैछ । काठमाडौंको राष्ट्रिय सभा गृहमा सभा सुरु भएको छ । उज्यालो पार्टीको घोषणा सभालाई स्वयं घिसिङले सम्बोधन गर्ने बताइएको छ । पार्टी घोषणा सभास्थलमा हरियो टोपी लगाएका हरियो झन्डा बोकेका समर्थकहरुको बाक्लो उपस्थिति छ । बलिरहेको चिम चुनाव चिह्न राखेको यस पार्टीले सभास्थलको प्रवेशद्वारामै ठूलो चिमको प्रतीकात्मक रूपमा खडा गरिएको छ ।