Photo Feature

तिहारको चटारो, माटाका भाँडा बनाउन हतारो (फोटोफिचर)

तिहार नजिकिँदै गर्दा भक्तपुरमा माटोको भाँडा बनाउने कुम्हालेहरु पाला बनाउन व्यस्त भएका छन्। तिहार नजिकिएसँगै भक्तपुरमा माटोको पाला बनाउने परम्परागत पेशा गर्ने मानिसहरुको व्यापार पनि चुलीमा पुगेको छ। तिहारमा तेलबत्ती बाल्न माटोको पालाको अत्यधिक माग धान्न सपरिवार काममा खटिरहेको उनीहरु बताउँछन् ।